थारु समुदाय पछाडि पर्नुका धेरै कारणमध्येको एक थारु समुदायका मुद्दा राज्यसमक्ष नआउनु पनि हो। पश्चिम तराईकै कुरा गर्ने हो भने कमैया–कमलरी प्रथा कमैलाई मात्र थाहा छ। राज्यले कमैया मुक्तिको घोषणा गरे पनि त्यसको उचित कार्यान्वयन अहिलेसम्म भएको पाइँदैन। यस्तै मुद्दा संसारभरका पाठकसमक्ष, सम्पूर्ण नेपालीसमक्ष, राज्यसमक्ष ल्याउन, थारु पहिचान, थारु राजनीति, संस्कृति र थारु कला तथा फिल्म क्षेत्र प्रबर्द्धन गर्ने उद्देश्यले थारुवान डटकम सञ्चालन गर्न लागेका छौं। नेपालका मूलधारे मिडियाले थारु समुदायका मुद्दालाई उपेक्षित गरेकाले पनि हामीले अनलाइन पत्रकारितामार्फत् त्यस्ता मुद्दालाई राज्यसमक्ष ल्याउन यस कार्यको थालनी गर्नुपरेको हो। नेपाल टेलिकमका एक कर्मचारीले भन्नुभएको थियो- विकिपेडिया डट ओआरजीमा संसारका धेरै पाठक थारु समुदायबारे सर्च गर्न विकिपेडिया छिर्छन् तर विडम्बना नै भन्नुपर्छ, खोज्न आउनेलाई हामीले 'तपाईंले खोज्नुभएको सामग्री उपलब्ध गराउन सकेनौं' भन्नुपरिरहेको छ।
त्यही भनाइले प्रेरित भएर हामीले थारु समुदायका सम्पूर्ण कुरालाई अनलाइनमार्फत् संसारका पाठकसामु पुर्याउने र थारु समुदायका रीतिरिवाज, परम्परा प्रबर्द्धन गर्ने उद्देश्य लिएका हौं।
तर आर्थक अभावका कारण हामीले यसलाई सञ्चालमा ल्याउन सकिरहेका छैनौं। त्यसैले तपाईं सबैसमक्ष सहयोगको अपिल गरेका हौं। सहयोग भन्ने कुरा सानो वा ठूलो हुँदैन। थोपा थोपा मिलेर समुन्द्र बनेजस्तै तपाइँको सानो सहयोगले हामीले यसलाई चाँडै नै सञ्चालमा ल्याउन सक्छौं। तपाईँ बिना यो साइट हामीले चलाउन पनि सक्दैनौं। त्यसैले तपाईंको सुझाव पनि हामीलाई अति आवश्यक छ। साइटबारे विस्तृत जानकारी पाउन मदन चौधरीलाई zentalmadan@gmail.com मा इमेल गर्न सक्नुहुनेछ। अथवा ९८४१५६७४८७ मा पनि सम्पर्क गर्न सक्नुहुनेछ।
परियोजना संक्षिप्त
नेपाल थारु पत्रकार
महासंघमा आबद्ध केही पत्रकारले 'थारुवान डट
कम' थारु
संस्कृति तपाईँसँगै! अनलाइन थारु समाचार साइट सञ्चालन गर्न लागेका छन्। अहिलेको
युग भनेको इन्टरनेटको युग हो। संसारैभर तीव्र गतिमा विकास भइरहेको इन्टरनेट सुविधा
मानिसलाई हरेक कुरासँग जोड्ने सजिलो माध्यम बनेको छ। मानिसले अहिले एकै ठाउँमा
बसेर आफ्नै मोबाइल सेटमा देश विदेशका ताजा खबर सजिलै पाउन सकिरहेका छन्। नेपालकै
सन्दर्भमा भन्ने हो भने इन्टरनेटका प्रयोगकर्ता दिन/प्रतिदिन बढ्दै गएका छन्।
समाचार, इन्टरटेनमेन्ट, गीत/संगीतलगायत्का
सामग्री प्राप्त गर्ने सजिलो माध्यम बनेकाले पनि इन्टरनेटमा मानिसको लगाव बढ्दै
गएको छ। अर्कोतर्फ यही कारण यो बिस्तारै अनिवार्य साधनसमेत बन्दै गएको छ।
पृष्ठभूमि
इन्टरनेटको
विकाससँगै अनलाइन मिडियाले अहिले संसारभरि आफ्नो प्रभुत्व जमाएको छ। कुनै पनि घटना
क्षणभरमै संसारसामु पुर्याउने सजिलो माध्यम इन्टरनेट भएकाले यसका प्रयोगकर्तासमेत
दिन/प्रतिदिन बढ्दै गएका छन्। प्रयोगकर्ता बढेकै कारण संसारका सबै मिडिया हाउसले
इन्टरनेट पत्रकारितालाई प्राथमिकता दिइरहेका छन्। बीबीसी र सीएनएन यसका प्रमुख
उदाहरण हुन्। नेपालकै सन्दर्भमा भन्ने हो भने मूलधारे मिडियाहरुले पेपर
पत्रकारितासँगै अनलाइन मिडियालाई पनि प्राथमिकता दिइरहेका छन्। देशका दुई ठूला
मिडिया हाउस कान्तिपुर पब्लिकेशनले इकान्तिपुर डटकम र नेपाल रिपब्लिक मिडियाले
नागरिकन्युज डटकममार्फत् आफ्ना सामग्रीलाई संसारभरका पाठकसामु पुर्याइरहेका छन्। कर्पोरेट
क्षेत्रमा पनि आफ्ना उत्पादित वस्तुबारे इन्टरनेटको माध्यमबाट उपभोक्तालाई जानकारी
गराउने प्रचलन बढ्दो छ।
परियोजनाको लक्ष्य
पूर्वी तराई
झापादेखि पश्चिम कञ्चनपुरसम्म थारु सामुदायको बाहुल्य छ। त्यतिमात्र नभएर अहिले
देशैभर तथा विदेशमा पनि थारु समुदायको ठूलो जमात बसोबास गर्छ। तथापि त्यहाँ बसोबास
गर्ने थारु समुदायका संस्कृति, कला, साहित्य, रीतिरिवाज र परम्परा कमैलाई मात्र थाहा
छ। राजनीतिमा थारुको पहुँच अहिले कस्तो छ र कस्तो हुनुपर्थ्यो? नेपालले
अंगाल्दै गरेको संघीयतामा थारुको स्थान के हुनुपर्छ? चौथो ठूलो संख्यामा
भएर पनि यो जाति निकै पछि पर्नुका कारण के हुन र यिनलाई छिमोल्न थारु समुदायको
भूमिका के हुनुपर्छ जस्ता विषयमा जोड दिने हाम्रो प्रमुख लक्ष्य छ। तराई क्षेत्रमै
बन्ने थारु फिल्मको प्रबर्द्धन किन भएन? यो क्षेत्र आज किन धरासायी बन्दै गएको छ? भएका थारु
कलाकार पनि यस क्षेत्रबाट किन पलायन भइरहेका छन्? शिक्षामा उनीहरु निकै पछि पर्नुको कारण
के हो?, कमैया, कमलरी जस्ता
प्रथा यही समुदायमा कसरी उब्ज्यो र त्यसलाई निमिट्यान्न पार्न के गर्नुपर्छ? किन थारुहरु
एकापसमा विभाजित छन्? यसले हामीलाई कसरी कमजोर बनाइरहेको छ? यस्तै यस्तै
कुरालाई मध्यनजर गर्दै तराईभित्र छरिएर रहेका थारु समुदायको जीवनशैली, परम्परा, रीतिरिवाजसँगै
थारु फिल्म क्षेत्रलाई संसारभरका इन्टरनेट प्रयोगकर्तासमक्ष पुर्याउने कार्यमा
हामी प्रयत्नशील रहने छौं।
त्यतिमात्र नभएर
थारु समुदायबाटै मोडल तयार गरेर थारु फिल्ममै स्थापित गराउने र थारु फिल्मलाई
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका महोत्सवहरुमा सहभागी गराउनेसमेत लक्ष्य छ।
परियोजनाको उद्देश्य
थारु समुदाय पछाडि
पर्नुका धेरै कारणमध्येको एक थारु समुदायका मुद्दा राज्यसमक्ष नआउनु पनि हो।
पश्चिम तराईकै कुरा गर्ने हो भने कमैया–कमलरी प्रथा
कमैलाई मात्र थाहा छ। राज्यले कमैया मुक्तिको घोषणा गरे पनि त्यसको उचित
कार्यान्वयन अहिलेसम्म भएको पाइँदैन। यस्तै मुद्दा संसारभरका पाठकसमक्ष, सम्पूर्ण
नेपालीसमक्ष, राज्यसमक्ष
ल्याउन, थारु पहिचान, थारु
राजनीति, संस्कृति र
थारु कला तथा फिल्म क्षेत्र प्रबर्द्धन गर्ने उद्देश्यले थारुवान डटकम सञ्चालन
गर्न लागेका हौं। नेपालका मूलधारे मिडियाले थारु समुदायका मुद्दालाई उपेक्षित
गरेकाले पनि हामीले अनलाइन पत्रकारितामार्फत् त्यस्ता मुद्दालाई राज्यसमक्ष ल्याउन
यस कार्यको थालनी गर्नुपरेको हो। नेपाल टेलिकमअन्तर्गत रहेको नेपाल विकिपेडिया डट
ओआरजीका एक कर्मचारीले भन्नुभएको थियो संसारका धेरै पाठक थारु समुदायबारे सर्च
गर्न विकिपेडिया छिर्छन् तर विडम्बना नै भन्नुपर्छ, खोज्न आउनेलाई हामीले 'तपाईंले खोज्नुभएको सामग्री उपलब्ध गराउन सकेनौं' भन्नुपरिरहेको
छ।
त्यही भनाइले
प्रेरित भएर हामीले थारु समुदायका सम्पूर्ण कुरालाई अनलाइनमार्फत् संसारका
पाठकसामु पुर्याउने र थारु समुदायका रीतिरिवाज, परम्परा प्रबर्द्धन गर्ने उद्देश्य
लिएका हौं।
परियोजनाको उपलब्धि
थारुवान डटकम थारु
समुदायका सबै कुरा समेट्ने उद्देश्य रहेकाले देशभित्र मात्र नभएर संसारका सबै
पाठकले यसबाट फाइदा लिने विश्वास हामीले लिएका छौं। प्रिटेस्टिङ चलिरहेको यो
वेबसाइटमा अहिले नेपालका अलावा कतार, अमेरिका, दुबई, मलेसिया, साउदी अरेबिया, बेलायत, भारत, बहराइन र
दक्षिण कोरियाका पाठक आउने गरेको जानकारी गराउन चाहन्छौं। त्यसैले निकै ठूलो
संख्यामा रहेर पनि निकै ओझेलमा परेको थारु समुदायको वास्तविक शक्ति, परम्परा र
हैसियत विश्वले थाहा पाउनेछ। त्यसबाहेक लगानीकर्ताहरुको संस्थालाई हामीले अनलाइन
विज्ञापनसमेत उपलब्ध गराउने छौं। जसले ती संस्थाका उत्पादन वा सेवाबारे देश/विदेशका
पाठकले जानकारी हासिल गर्न सक्नेछन्। यो वास्तवमा विश्वका थारुलाई जोड्ने
चौतारीसमेत हुने अपेक्षा छ।
अनलाइनमा संलग्न
हुने व्यक्तिको विवरण
कृष्णराज सर्वहारी |
धेरै वर्षदेखि
पत्रकारिता क्षेत्रमा लागेका कृष्णराज सर्वहारी अहिले विद्यावारिधिमा शोधरत्
हुनुहुन्छ। नेपाली भाषामा स्नातकोत्तर गरेका चौधरी गोरखापत्रको थारु भाषा
संयोजकसमेत हुनुहुन्छ। उहाँ जनपहुँच मासिक पत्रिकाका सम्पादक पनि हुनुहुन्छ।
मदन चौधरी |
चार वर्षदेखि अनलाइन
पत्रकारिता गर्दै आएका मदन चौधरी देशकै ठूलो मिडिया नागरिक दैनिकको अनलाइन वेब
नागरिकन्युजडटकममा कार्यरत् छन्। स्नातकोत्तर गर्दै गरेका चौधरी अनलाइन
पत्रकारितातर्फ, ब्लगिङ गर्नुका साथै साउन्ड इडिटिङ, भिडियो
इडिटिङ, फोटोग्राफीलगायत्मा
दक्षता राख्छन्।
श्रीनिवास चौधरी |
थारु, भोजपुरी र
नेपाली संगीत क्षेत्रमा आबद्ध श्रीनिवास चौधरी रेडियो तथा टेलिभिजन पत्रकारितामा
आबद्ध हुनुहुन्छ। थारु फिल्मसमेत खेल्ने चौधरीले यही क्षेत्रलाई आफ्नो कर्मथलो
बनाउनुभएको छ।
कमला चौधरी |
दुई वर्षदेखि
रेडियो पत्रकारिता गर्दै आउनुभएकी कमला चौधरी अहिले रेडियो जागरण बुटवलमा कार्यरत्
हुनुहुन्छ। स्नातक अन्तिम वर्षमा अध्ययनरत् चौधरी जलवायुसम्बन्धी रिपोर्टिङसमेत
गर्नुहुन्छ।
काशी चौधरी |
स्नातकोत्तर सकेर
विद्यावारिधिको तयारीमा लाग्नुभएका काशी चौधरी थारुवान डटकमको सल्लाहकारका रुपमा
हुनुहुन्छ। चौधरी राष्ट्रिय ऊर्जा तथा वातावरणीय संगठनमा समेत आबद्ध हुनुहुन्छ।
No comments:
Post a Comment