Monday, August 13, 2012

अष्ट्रेलियासँग नेपालको लज्जास्पद हार

अष्ट्रेलियाको विकेट झारेपछि खुसीयाली मनाउँदै नेपाली टिम। तस्बिर : एसीसी
अष्ट्रेलियमा जारी आइसिसी यु-१९ विश्वकपअन्तर्गत आज अष्ट्रेलिया र नेपालबीचको खेलमा अष्ट्रेलियाले २ सय १२ रनले विजय भएको छ। टस हारेर ब्याटिङमा उत्रेको घरेलु टोली अष्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९४ रन बनायो। प्रतिउत्तरमा नेपाली टोलीले २३ दशमलव ५ ओभरमै सबै विकेट गुमाउँदै ८२ रनमा समेटियो।

नेपाली बलरहरुले ३५ ओभरसम्म राम्रो बलिङ र फिल्डिङ गरेपनि तेस्रो पावरप्लेपछि लय गुमाएको थियो। ३४ ओभरअघि १ विकेट गुमाएर १ सय ४४ रन बनाएको कंगारु टोलीले बाँकी १६ ओभरमा १ सय ५० रन जोडेको थियो। 


अष्ट्रेलियको तर्फबाट सिटी ब्यान्क्रफ्टले १ सय ३९ बल खेल्दै अष्ट्रेलियाको लागि सर्वाधिक १ सय २५ रन बनाएका थिए। यसैगरी ८७ बलमा केआर पिटर्सनले ८६ रन बनाए।

नेपाली बलरले सुरुमा अष्ट्रलियालाई दबाबमा राखे पनि अन्तिम ओभरतिर राख्न सकेनन्। नेपालको तर्फबाट राहुल विक र प्रदीप ऐरीले २/२ विकेट लिए भने अविनाश कर्ण, कृष्ण कार्की, र भुवन कार्कीले एकएक विकेट लिन सफल भए।

नेपाली टोलीलाई सपोर्ट गर्न पुगेका अष्ट्रेलियास्थित विद्यार्थीहरु। तस्बिर : एसीसी

२ सय ९५ रनको विजय लक्ष्य पछ्याएको नेपाली खेलाडीले सुरुदेखि नै ब्याटिङ राम्रो गर्न सकेनन्। चौथो ओभरमा प्रदीप ऐरी आउट हुन पुगे। उनले १० बलमा १ रनमात्रै बनायो। नेपालको तर्फबाट सर्वाधिक रन सागर पुनले बनाए। उनले ३९ बल खेल्दै २२ रन जोड्न सफल भए। त्यसैगरी राजेश पुलामीले २९ बलमा २१ रन बनाए। 



No comments:

Post a Comment