Saturday, August 11, 2012

भोजपुरी फिल्म 'हमार बदला' दसैंमा


पाथिभरा फिल्मस् प्रालि ललितपुर र युनिक मुभी भइरहवाको संयुक्त ब्यानरमा बन्न लागेको भोजपुरी फिल्म 'हमार बदला'को सुटिङ अन्तिम चरणमा पुगेको छ। तराईमा बढ्दै गएको वनजंगल भूमाफियाको कथामा आधारित यस फिल्ममा नेपालको वन विनासबारे कथा देखाइएको छ। एउटा इमानदार वनअधिकृतले वन जोगाउनका लागि तस्करहरुसँग लडाइँ गर्छ। आफ्नो धन्दालाई रोकेको भन्दै तिनै तस्करहरुले ती अधिकृतको हत्या गरिदिन्छ।
अनि तिनै अधिकृतका छोराहरुले बाबुका हत्यारासँग कसरी बदला लिन्छ भन्ने कुरा फिल्ममा देखाइएको छ। लभएक्सनले भरिपूर्ण यस फिल्मको छाँयाकन नेपालका विभिन्न ठाउँमा गरिएको छ। नेपाल र भारतका कलाकारसमेतको अभिनय रहेको यस फिल्मको निर्माता लक्ष्मण ठाकुर हुन्। विवेक थापाको नृत्य निर्देशन रहेको यस फिल्मको पटकथा निशान्त पाण्डेले लेखेका छन्। निशान्त पाण्डेको गीतलाई विनय विहारीले संगीत भरेका छन्।
शैलेन्द्र बराई, श्रीनगर गुरुङ, निशान्त पाण्डे, पूर्णिमा क्षेत्री, लक्ष्मण ठाकुर, रन्जन पौडेल, रनेश्वर भट्ट, घनश्याम यादव, उषा सिंह लगायतका कलाकारको भूमिका रहेका छन्। 




No comments:

Post a Comment