Wednesday, August 15, 2012

ओलम्पिक खेल्न गएका तिलकराम थारु स्वदेश फिर्ता

तिलकराम थारु त्रिभुवन विमानस्थलमा।
तस्बिर : नागरिक दैनिक
एथलेटिक्स खेलाडी तिलकराम थारु ओलम्पिक खेलेर मंगलबार नेपाल फर्किएका छन्। उनीसँगै अन्य सहभागी पनि स्वदेश फर्किएका हुन्। तिलकरामले ओलम्पिकको १०० मिटर दौडमा सहभागी भएका थिए। जसमा उनी पहिलो चरणबाटै बाहिरिए। उनले खेलमा १०.८५ सेकेन्डमा पार गरेर सहभागी २९ खेलाडीमध्ये १६ खेलाडीलाई पछि पार्दै १३औं स्थान कायम गरे पनि उनी दोस्रो राउन्डमा सहभागी हुन पाएनन्। दोस्रो राउन्डका लागि १०औं स्थान कायम गर्न नसक्दा उनी चरणबाटै बाहिरिएका हुन्।

यद्यपि उनले आफ्नो व्यक्तिगत प्रदर्शन भने सुधारेका थिए। उनको व्यक्तिगत रेकर्ड ११ सेकेन्ड थियो। धनगढीमा आयोजित छैटौं राष्ट्रिय खेलकुदमा चार स्वर्ण जितेका थारुले एसियन च्याम्यिनसिप, ग्वान्जाउ एसियाड, सिंगापुरमा युथ एसियन लगायत अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइसकेका खेलाडी हुन्। उनीसँगै अन्य खेलाडी पनि लण्डन ओलम्पिकमा पदकविहीन बनेका थिए।

तिलकराम (बाँया)सँगै अन्य खेलाडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा। तस्बिर : नागरिक दैनिक

No comments:

Post a Comment