Thursday, August 9, 2012

अर्को विहे गर्ने तयारी गर्दै सोनु थारु


अभिनेत्री सोनु थारु
दाङको देउखुरीमा जन्मिएर विगत एक दसकदेखि थारु फिल्ममा सक्रिय छिन् अभिनेत्री सोनु थारु। दर्जन बढी म्युजिक भिडियो र दर्जन थारु फिल्म खेलिसकेकी २८ वर्षीया थारुले यहाँसम्म आइपुग्न धेरै संघर्ष गर्नुपरेको बताए। उनैसँगको कुराकानी पढ्नुस् :  
थारु फिल्ममा लाग्नुभएको कति भयो?
२०५९ सालदेखि पूर्णरुपमा सक्रिय छु।
तपाईँको पहिलो फिल्म कुन हो?
सोनु प्रोडक्सनको 'दरार'
अहिलेसम्म कतिवटा फिल्म खेलिसक्नुभयो?
दर्जन जति पुग्यो होला।
थारु फिल्मको स्कोप कतिको छ?
धेरै नै भन्नुपर्छ। भारतकै कुरा गर्ने हो भने नेपालका तराईँ क्षेत्रसँग मिल्ने भाषा 'भोजपुरी' निकै हिट छ। विहारमा बन्ने यस फिल्ममा बलिउडका हस्तीहरुले पनि लगानी गरेको पाइन्छ। थारु फिल्म क्षेत्रमा पनि ठूला लगानीकर्ता आउन जरुरी देखेको छु।
नेपाली फिल्म कतिको हेर्नुहुन्छ?
समयले भ्याएसम्म हेर्छु।
के का लागि नेपाली फिल्म हेर्नुहुन्छ?
एउटा फिल्ममेकर, एउटा कलाकार र पूर्णरुपले फिल्म सेक्टरमा लागेकी हुनाले फिल्मको ट्रेन्ड, प्रविधिलगायतका कुरामा अपडेट हुन जरुरी हुन्छ।
तपाईँको मन पर्ने नेपाली हिरो कुन हो ?
पहिले राजेश हमाल मन पर्थ्यो, पछि चक्लेटी ब्वाय आर्यन मन पर्‍यो। तर यो मन एकनासको नहुने रहेछ, समयसँगै मनको रोजाइ पनि बदलिने रहेछ। अहिले आएर जीवन लुइटेलसँग प्रभावित भएको छु।
तपाईँले नेपाली फिल्मका कुन हिरोसँग किन फिल्म खेल्न मन छ?
फेरि पनि भन्छु पहिलो रोजाइ त राजेश हमाल नै हुन्थ्यो यदि चारपाँच वर्ष अघि सोध्नुभएको भए। तर अहिले जीवन लुइटेल मेरो पहिलो रोजाइ हो। किनकि उहाँ जतिको ह्यान्ड्सम, गुड लुकिङ, हट हिरो अरु कोही लाग्दैन।
फिल्मका दौरान कुनै हिरोसँग लभ पर्‍यो?
अँ पर्‍यो नि ।
कुन हिरोसँग?
दरार फिल्म सुटिङकै बेला प्रेम चौधरीजीसँग मेरो लभ पर्‍यो।
भनेपछि डेट नि खुब जानु भयो?
खासै गइएन। किनकि हाम्रो चाँडै नै विवाह भयो।
तर प्रेमजीसँग तपाइँको डिभोर्स भयो भनेर सुनिन्छ नि?
हजुर। हामी अलग बस्ने निर्णय गर्‍यौं। म त एउटा कालाकार, फराकिलो विचार लिएर हिँड्ने कलाकार। आफ्नो पेसा नछोड्दा आज यो पीडा भोग्नुपर्‍यो। किनकि उहाँको फेमिली मेरो पेसाको खिलाफ हुनुहुन्थ्यो। फिल्मकै कारण जोडिएको हाम्रो सम्बन्ध फिल्मले नै उजाडिदियो।
नेपाली फिल्ममा 'कम्परमाइज' भन्ने शब्द धेरै सुनिन्छ। थारु फिल्ममा तपाईँले त्यस्तो केही भोग्नुपर्‍यो?
कम्परमाइज पनि धेरै किसिमका हुन्छन्। फिल्म खेलाएर अहिलेसम्म कति निर्माताले पैसा दिएका छैनन्। यस्ता कम्परमाइज धेरै गरियो। नेपाली फिल्ममा सुनिएजस्तो भोग्नुपरेको छैन। भोग्नु पनि नपरोस्।
हट देखिन के गर्नुहुन्छ?
मान्छेहरुले छोटो कपडा लगाउने केटीमात्र हट हुन्छन् भनेर बुझ्छन्। तर त्यो विलकुलै गलत हो। हट देखिन मिनिस्कटकै जरुरत पर्दैन। सारीमा पनि हट देखिन्छ।
कलेजमा कतिको आँखा लाउँथे केटाहरुले?
कति कति। दिनमै सात सतवटासम्म लभलेटर आउँथ्यो।
तपाईँको विचारमा सेक्स के हो?
संसारका सबै प्राणीलाई चाहिने कुरा सेक्स हो। सेक्सले नै सम्बन्धलाई जीवन्त तुल्याउँछ जस्तो मलाई लाग्छ।
अर्को विहाको लागि केही सोच्नुभएको छ?
सोच छ। एउटासँग विछोड भयो भन्दैमा जिन्दगीलाई नै दाउँमा लगाउनु हुँदैन। एउटा फ्रेन्ड त चाहिन्छ नै।
भनेपछि तपाईँको नजरमा कोही हुनुहुन्छ?
छन्। तर सेक्रेट हो। म जुन दिन आफ्नो खुट्टमा उभिएको महसुस गर्नेछु, जुन दिन मैले काठमाडौंमा घर बनाउनेछु। त्यो दिन ढुक्कसँग उहाँलाई प्रेम प्रस्ताव गर्नेछु, अनि आफ्नो बनाउनेछु।
राजनीतिमा जाने सोच कसरी आयो?
दाङको एउटा गाउँमा जन्मे, म हुर्केको ठाउँमा सबै समुदायको बाहुल्य थियो। तैपनि पहिचानको मामिलामा मैले आफूलाई पछि देखेँ र पहिचान स्थापित गर्नकै निम्ति पनि राजनीतिक आवश्यक रहेकाले मैले राजनीति सुरु गरेँ।
लक्ष्मण थारुकै पार्टी किन रोज्नु भयो? रेखा थापाको माओवादीमा झुकाव भएजस्तै तपाईँ पनि माओवादी, नेपाली कांग्रेस वा तराईकै कुनै स्थापित पार्टीमा लाग्नुभए चाँडै स्थापित बन्नुहुन्थ्यो कि?
जान सकिन्थ्यो। थारु भएका नाताले मैले थारु हकहितकै लागि लडाइँ गर्नुपर्छ यो राज्यसँग। त्यही भएर म थारुकै पार्टीमा आबद्ध भएको हुँ। त्यसै पनि राजनीतिका हरेक अंग थाहा पाउन गाउँस्तरबाटै करिअर सुरु गर्नुपर्छ।
अहिले के मा व्यस्त हुनुहुन्छ?
सोनु प्रोडक्सनकै नयाँ फिल्म 'टु मिल गैइलो'को तयारीमा जुटेका छौं। चाँडै नै यसको शुभमुहूर्त हुनेछ।

No comments:

Post a Comment