Sunday, September 2, 2012

पहिचानको खोजीमा सोनु

सोनु थारु

थारु भाषा चलिचत्रकी नायिका तथा निर्मात्री सोनु थारुको अहिले दिनचर्या बदलिएको छ। कुनै समय अभिनय  र चलचित्र निर्माणमा व्यस्त रहेकी सोनु हिजोआज राजनीतिक कार्यक्रममा व्यस्त हुन थालेकी छन्। थरुहट तराई पार्टीको सांस्कृतिक प्रमुख भएपछि उनको दिनचर्या बदलिएको हो। जातीय पहिचानलाई आफ्नो राजनीतिक एजेन्डा बनाएकी सोनु अभिनेत्रीमात्रै होइन, अहिले नेत्री बन्ने दाउमा छिन्। अहिले थरुहट आन्दोलनमा होमिएकी उनी भन्छिन्, ‘आफ्नो पहिचानका लागि राजनीतिमा लगेकी हुँ। हरेक क्षेत्रमा राजनीतिक रङ हुन्छ। चलचित्र क्षेत्रमा पनि राजनीतिक विचार हुनुपर्छ।

नायिका तथा निर्मात्री सोनुले हालसम्म दरार’, ‘डगर’, ‘यी कैसन नाता गरी तीनवटा थारुभाषी चलचित्र निर्माण तथा दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेकी छन्। चलचित्रकर्मसँगै सक्रिय राजनीतिमा लागेकी सोनु भन्छिन्, ‘अहिले कलाकारिताभन्दा पनि राजनीति गर्नु ठीक लाग्यो। सबैले पहिचान खोजिरहेको अवस्थामा मैले पनि थरुहट तराई पार्टीमा लागेर राजनीति गर्न सुरु गरेकी हुँ।


यसै साता पश्चिमाञ्चल र सुदूरपश्चिमका केही जिल्ला भ्रमण गरेर राजधानी फर्केकी छन् उनी। सोनुको विचारमा अहिले जातीय पहिचान र संघीयताको चर्को बहस भइरहेको छ। त्यसैले अधपकार माग्ने बेला पनि यही नै हो। राजनीति गतिविधिमा लागेकी कारण उनको होम प्रोडक्सन चलचित्रतुम मिल गैलोको काम भने रोकिएको छ। तर, समय मिलाएर चलचित्र निर्माण पूरा गर्ने उनको अठोट छ। पाँच वर्षअघि सोनु फिल्मस् स्थापना गरेर चलचित्र निर्माण गर्न थालेकी उनको तुम मिल गैले चौथो प्रस्तुति हुनेछ। कलकारिता मेरो पेसा हो, राजनीतिक भनेको समाजसेवा हो,’ सोनु भन्छिन्, ‘त्यसैले म आफ्नो पेसालाई छाड्न सक्दिनँ। हरेक वर्ष एउटा चलिचत्र निर्माण गर्ने मेरो लक्ष्य नै हो।

No comments:

Post a Comment