Friday, October 5, 2012

थरुहट तराई पार्टीको अध्यक्ष पदबाट लक्ष्मण थारुलाई हटाइयो

थरुहट तराई पार्टी नेपालका केन्द्रीय पदाधिकारीहरु।

महेन्द्रनगर- थरुहट तराई पार्टी नेपालको अध्यक्ष पदबाट लक्ष्मण थारुलाई बर्खास्त गरिएको छ। थरुहट तराई पार्टी विजयकुमार गच्छदार अध्यक्ष रहेको फोरम लोकतान्त्रिकमा समाहित भएको घोषणप्रति आपत्ति जनाउँदै साधारण सदस्यतासमेत नरहनेगरी पार्टीले थारुलाई बर्खास्त गरिएको हो। शुक्रबार पार्टीका पदाधिकारीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै 'दानापानीमा खरिद बिक्रीको कुलत लागेका, सुरा र सुन्दरीमा निर्लिप्त भई चरित्रहत्या भइसकेका अक्षमता र निहित स्वार्थका कारण धरासायी बनाउन सदा दुष्प्रयास गरेको आरोप लक्ष्मण थारुलाई लगाएका छन्।

Thursday, October 4, 2012

थरुहट तराई पार्टी र फोरम लोकतान्त्रिकबीच एकता

                                                               तस्बिर सौजन्य : गजेन्द्र बोहरा

गजेन्द्र बोहरा, दाङ- थरुहट तराई पार्टी औपचारिकरुपमा मधेसी जनअधिकार फोरम(लोकतान्तित्रक) मा समायोजित भएको छ। बिहीबार दाङको लमहीमा आयोजित एउटा सभामा थरुहट तराई पार्टीका केन्द्रीय अध्यक्ष लक्ष्मण थारुले अब आफ्नो पार्टी मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)मा समाहित भएको घोषणा गरे।