Friday, August 31, 2012

ढकिया बनाउँदै थारु महिला


दिलवहादुर छत्याल, कैलाली- दरक ६ कि अनिता चौधरी नदीको किनारबाट ल्याइएको मुज घाँसबाट खानाका परिकार र पूजाका सामाग्री राख्‍न मिल्ने आकर्षक ढकिया बनाइरहेकी छन्। फुसर्दको समयमा खाली नबसी उनी ढकिया बनाउनमा ब्यस्त हुन्छिन्। विभिन्न डिजाइनका आकर्षक ढकिया उनले बनाएकी छन्। घरमै बसेर बनाएका ढकिया देशका विभिन्न ठाउँबाट घुम्‍न आएका ब्यक्तिले किनेर लग्दा उनी दंग पर्छिन्।

Thursday, August 30, 2012

थारु विद्यार्थी समाजको आह्‍वान

उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार

थारु विद्यार्थी समाजको १८औं स्थापना दिवसको उपलक्ष्यमा २०६८ सालको एसएलसी परीक्षामा विशिष्ठ श्रेणीमा उत्तीर्ण गरेका देशभरिकै थारु विद्यार्थीलाई सम्माननीय उपप्रधान तथा गृहमन्त्री विजय कुमार गच्छदारज्यूको प्रमुख आतिथ्यमा सम्मान गर्ने कार्यक्रम भएकाले सम्पूर्ण थारु विद्यार्थी, समाजसेवी, राजनीतिज्ञ, वुद्धिजीवि, शिक्षक, पत्रकारज्यूहरुमा तपसिलका मिति, समय र स्थानमा उपस्थितिको लागि अनुरोध गर्दछौं
तपसिलः
मिति :  २०६९ भाद्र १६ गते शनिवार
समय :  दिउसो १२ बजे
स्थान :  सिद्धार्थ कटेज धोविघाट, ललितपुर।
सम्पर्क व्यक्ति : रामनाथ चौधरी
सम्पर्क नं. : ९८४५४२८८७२
आयोजक : थारु विद्यार्थी समाज, उपत्यका समिति

Tuesday, August 28, 2012

डाँडागाउँदेखि सिंहदरबार

तस्बिर : नागरिकन्युज
माधव ढुङ्गेल- ०६२/६३ को जनआन्दोलनअघिसम्म उनी 'कमलरी' थिइन्। न्युन ज्यालामा अरूको भाँडा माझ्नु, घाँस काट्नु, घर पोत्नु उनको दैनिकी थियो, लुकेर, ढाँटेर बैठकमा जान्थिन्। गरिबीले गाँजेकी उनलाई हेप्ने 'जमिनदार' पनि पाइलैपिच्छे भेटिन्थे। कमलरी काम गरेकै समयमा ०६२ सालमा भूमिअधिकार मञ्च, दाङको अध्यक्ष चुनिएकी थिइन्। भूमि आन्दोलनमा सक्रिय हुँदा पनि 'खुब नेतागिरी गर्ने भएकी' भनेर खिसीट्यौरी गर्ने पनि कम थिएनन्।

Monday, August 27, 2012

थारुवान डटकमको लागि सहयोग अपिल


थारु समुदाय पछाडि पर्नुका धेरै कारणमध्येको एक थारु समुदायका मुद्दा राज्यसमक्ष नआउनु पनि हो। पश्चिम तराईकै कुरा गर्ने हो भने कमैयाकमलरी प्रथा कमैलाई मात्र थाहा छ। राज्यले कमैया मुक्तिको घोषणा गरे पनि त्यसको उचित कार्यान्वयन अहिलेसम्म भएको पाइँदैन। यस्तै मुद्दा संसारभरका पाठकसमक्ष, सम्पूर्ण नेपालीसमक्ष, राज्यसमक्ष ल्याउन, थारु पहिचान, थारु राजनीति, संस्कृति र थारु कला तथा फिल्म क्षेत्र प्रबर्द्धन गर्ने उद्देश्यले थारुवान डटकम सञ्चालन गर्न लागेका छौं। नेपालका मूलधारे मिडियाले थारु समुदायका मुद्दालाई उपेक्षित गरेकाले पनि हामीले अनलाइन पत्रकारितामार्फत् त्यस्ता मुद्दालाई राज्यसमक्ष ल्याउन यस कार्यको थालनी गर्नुपरेको हो। नेपाल टेलिकमका एक कर्मचारीले भन्नुभएको थियो- विकिपेडिया डट ओआरजीमा­ संसारका धेरै पाठक थारु समुदायबारे सर्च गर्न विकिपेडिया छिर्छन् तर विडम्बना नै भन्नुपर्छ, खोज्न आउनेलाई हामीले 'तपाईंले खोज्नुभएको सामग्री उपलब्ध गराउन सकेनौं' भन्नुपरिरहेको छ।
त्यही भनाइले प्रेरित भएर हामीले थारु समुदायका सम्पूर्ण कुरालाई अनलाइनमार्फत् संसारका पाठकसामु पुर्‍याउने र थारु समुदायका रीतिरिवाज, परम्परा प्रबर्द्धन गर्ने उद्देश्य लिएका हौं।



तर आर्थक अभावका कारण हामीले यसलाई सञ्चालमा ल्याउन सकिरहेका छैनौं। त्यसैले तपाईं सबैसमक्ष सहयोगको अपिल गरेका हौं। सहयोग भन्ने कुरा सानो वा ठूलो हुँदैन। थोपा थोपा मिलेर समुन्द्र बनेजस्तै तपाइँको सानो सहयोगले हामीले यसलाई चाँडै नै सञ्चालमा ल्याउन सक्छौं। तपाईँ बिना यो साइट हामीले चलाउन पनि सक्दैनौं। त्यसैले तपाईंको सुझाव पनि हामीलाई अति आवश्‍यक छ। साइटबारे विस्तृत जानकारी पाउन मदन चौधरीलाई zentalmadan@gmail.com मा इमेल गर्न सक्नुहुनेछ। अथवा ९८४१५६७४८७ मा पनि सम्पर्क गर्न सक्नुहुनेछ।

Sunday, August 19, 2012

बितानी थारु डेढ वर्षदेखि अस्पतालको बेडमा


 डेढ वर्षदेखि उपचार गराइरहेकी बितानी थारु। 
            तस्बिर सौजन्य : नागरिक
चितवन- बर्दिया मैनापोखर६ की २५ वर्षीया बितानी थारु चितवन मेडिकल कलेज शिक्षण अस्पतालको अर्थोपेडिक विभागको बेड नम्बर २ मा बस्न थालेको डेढ वर्ष नै पुग्न लाग्यो। उनले अस्पतालबाट कहिले छुटकारा पाउने हुन अझै ठेगान छैन। दुर्घटनाका कारण दुईटै खुट्टामा गम्भीर चोट लागेपछि उपचार खर्चको जोगाड गर्न नसक्दा उनको यो अवस्था भएको हो। बितानी बर्दियाकी भूमिहीन महिला हुन्। राष्ट्रिय भूमि अधिकार मञ्चले २०६७ साल चैतमा काठमाडौंमा अयोजना गरेको आन्दोलनमा सहभागी हुन फागुन २९ गते उनी बस चढिन्।उनी चढेको बस ३० गते बिहान नवलपरासीको हर्कपुर भन्ने गाउँमा दुर्घटना भयो। ३२ जना भूमिहीन महिला चढेको बस पल्टिँदा दुईजनाको घटनास्थलमै मृत्युभएको थियो। 'दुई साथी बिते छन्, मसहित २७ जनालाई अस्पताल भर्ना गरेर उपचार गराउनु पर्‍यो,' बितानीले भनिन्।

Friday, August 17, 2012

थारु फिल्म 'तोहरिक हम भुला न सकली' दसैंमा (भिडियोसहित)


बुटवल- थारु भाषाको फिल्म 'तोहरिक हम भुला न सकली' दसैंमा रिलिज हुने भएको छ। ओम शक्ति फिल्मस बुटवलले बनाएको यस फिल्ममा धनी गरिबबीचको भेद्भावलाई मुख्य विषयवस्तु बनाइएको छ। धनी परिवारकी एक युवती र गरिब परिवारको एक युवाबीचको प्रेमकथा फिल्मले देखाउन खोजेको निर्माता हेमराज कठरियाले बताए। 'केही आधुनिकता र परम्परागत विषयवस्तुलाई समेटेर तयार पारिएको छ' उनले भने, 'दसैंमा रिलिज हुँदैछ, अवश्य थारु फिल्मलाई माया गरिदिनुहोला।' उनले समयको मागअनुसार यस चलचित्रमा आइटम गीत पनि समावेश गरिएको बताए।

'एउटी धनी परिवारकी बिग्रेकी छोरीको भूमिका निभाउँदैछु,' फिल्ममा डेब्यु गरेकी नायिका बिजु खब्बासले भनिन्, 'पैसा हैन, छोराछोरीलाई संस्कार दिनुपर्छ भन्ने यस फिल्ममा देखाउन खोजेको छ।'

Wednesday, August 15, 2012

नेपाल फेरि पराजित, बाहिरिने सम्भावना बढ्यो

आरल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाली खेलाडी। तस्बिर : आइसीसी
अस्ट्रेलियामा जारी एसिसी यु-१९ विश्व कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल आयरल्यान्डसँग १४ रनले पराजित भएको छ। टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डलाई १८५ रनमा रोक्न सफल नेपाली टिमको सुरुवाति ब्याटिङ निकै कमजोर रह्यो। आयरल्यान्डले प्रस्तुत गरेको १८६ रनको लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा अन्तिम ३ बल बाँकी छँदा १७१ रन जोड्दै अलआउट भयो। खेलमा नरेश बुढाएरले ५ रन बनाउँदा हसिम अन्सारीले कुनै पनि रन जोड्न सकेनन्।

ओलम्पिक खेल्न गएका तिलकराम थारु स्वदेश फिर्ता

तिलकराम थारु त्रिभुवन विमानस्थलमा।
तस्बिर : नागरिक दैनिक
एथलेटिक्स खेलाडी तिलकराम थारु ओलम्पिक खेलेर मंगलबार नेपाल फर्किएका छन्। उनीसँगै अन्य सहभागी पनि स्वदेश फर्किएका हुन्। तिलकरामले ओलम्पिकको १०० मिटर दौडमा सहभागी भएका थिए। जसमा उनी पहिलो चरणबाटै बाहिरिए। उनले खेलमा १०.८५ सेकेन्डमा पार गरेर सहभागी २९ खेलाडीमध्ये १६ खेलाडीलाई पछि पार्दै १३औं स्थान कायम गरे पनि उनी दोस्रो राउन्डमा सहभागी हुन पाएनन्। दोस्रो राउन्डका लागि १०औं स्थान कायम गर्न नसक्दा उनी चरणबाटै बाहिरिएका हुन्।

यद्यपि उनले आफ्नो व्यक्तिगत प्रदर्शन भने सुधारेका थिए। उनको व्यक्तिगत रेकर्ड ११ सेकेन्ड थियो। धनगढीमा आयोजित छैटौं राष्ट्रिय खेलकुदमा चार स्वर्ण जितेका थारुले एसियन च्याम्यिनसिप, ग्वान्जाउ एसियाड, सिंगापुरमा युथ एसियन लगायत अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइसकेका खेलाडी हुन्। उनीसँगै अन्य खेलाडी पनि लण्डन ओलम्पिकमा पदकविहीन बनेका थिए।

Tuesday, August 14, 2012

खुमबहादुर खड्का भ्रष्टचारी ठहर


सर्वोच्च अदालतले पूर्व मन्त्री तथा कङ्ग्रेस नेता खुमबहादुर खड्कालाई भ्रष्टाचारी ठहर गरेको छ। अदालतले उनलाई डेढ वर्ष कैद र ९४ लाख ७४ हजार रुपियाँ जरिवाना र स्रोत नखुलेको सम्पति जफत गर्ने आदेश दिएको छ। फैसलापछि खड्का समर्थकले झण्डासहित नाराबाजी गरेपछि तनाव उत्‍पन्न भएको थियो। न्यायाधीश कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले ७४ पृष्ठको फैसला सुनाउँदै खड्काले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गरेका हुन्। 

Monday, August 13, 2012

अष्ट्रेलियासँग नेपालको लज्जास्पद हार

अष्ट्रेलियाको विकेट झारेपछि खुसीयाली मनाउँदै नेपाली टिम। तस्बिर : एसीसी
अष्ट्रेलियमा जारी आइसिसी यु-१९ विश्वकपअन्तर्गत आज अष्ट्रेलिया र नेपालबीचको खेलमा अष्ट्रेलियाले २ सय १२ रनले विजय भएको छ। टस हारेर ब्याटिङमा उत्रेको घरेलु टोली अष्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९४ रन बनायो। प्रतिउत्तरमा नेपाली टोलीले २३ दशमलव ५ ओभरमै सबै विकेट गुमाउँदै ८२ रनमा समेटियो।

नेपाली बलरहरुले ३५ ओभरसम्म राम्रो बलिङ र फिल्डिङ गरेपनि तेस्रो पावरप्लेपछि लय गुमाएको थियो। ३४ ओभरअघि १ विकेट गुमाएर १ सय ४४ रन बनाएको कंगारु टोलीले बाँकी १६ ओभरमा १ सय ५० रन जोडेको थियो। 

Sunday, August 12, 2012

मिस नेपालको 'केही गर्ने' छनक (फोटो फिचर)

मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गरिरहेकी सृष्टि श्रेष्ठ 'बिच ब्युटी'को उत्कृष्ट ४० मा परेकी छिन्। गएको बिहीवार मिस वर्ल्डले सार्वजनिक गरेको सूचीमा उनको नाम समेटिएको हो। भारत, थाइल्यान्ड, भियतनाम, स्पेन, डेनमार्क, चिली, फ्रान्स, फिलिपिन्स, भेनेजुयला, अस्ट्रेलिया, इटाली, जापान आदि देशका सुन्दरी उत्कृष्ट ४० मा परेका छन्।
चार समूहमा विभाजित 'बिच ब्युटी' अन्तर्गत सृष्टि तेस्रो समूहमा प्रथम भएकी हुन्।

Saturday, August 11, 2012

भोजपुरी फिल्म 'हमार बदला' दसैंमा


पाथिभरा फिल्मस् प्रालि ललितपुर र युनिक मुभी भइरहवाको संयुक्त ब्यानरमा बन्न लागेको भोजपुरी फिल्म 'हमार बदला'को सुटिङ अन्तिम चरणमा पुगेको छ। तराईमा बढ्दै गएको वनजंगल भूमाफियाको कथामा आधारित यस फिल्ममा नेपालको वन विनासबारे कथा देखाइएको छ। एउटा इमानदार वनअधिकृतले वन जोगाउनका लागि तस्करहरुसँग लडाइँ गर्छ। आफ्नो धन्दालाई रोकेको भन्दै तिनै तस्करहरुले ती अधिकृतको हत्या गरिदिन्छ।

Friday, August 10, 2012

थारु युवाको वैदेशिक रोजगारमा आकर्षण बढ्यो, जीवनशैली बदलिएन


स्केच : देवेन
कञ्चनपुर- कृषि र पशुपालनलाई मुख्य पेसा बनाई जीविका चलाउँदै आएका थारू समुदायको पछिल्लो समयमा वैदेशिक रोजगारीप्रति आकर्षण बढे पनि तिनको जीवनशैलीमा कुनै परिर्वतन आउन सकेको छैन। थोरै जग्गा भएका थारू समुदायका व्यक्ति जीविका चलाउन कृषि पेसाले नधानिने भएपछि तीन वर्षयता वैदेशिक रोजगारीका लागि खाडी मुलुक र मलेसिया जाने क्रममा तीव्रता आएको छ।

कृषि र पशुपालन व्यवसायबाट छ महिनामात्र खान पुग्ने भएकाले यहाँका थारू समुदायका विपन्न व्यक्तिले अधिया र मजदुरी गरेर वर्षभरिका अन्न र कपडाको जोहो गर्दैआएका थिए।

थारु गायक-गायिकाको गुनासो

गायक श्रीनिवास चौधरी

'सुन्दर से सुन्दर, सुन्दर धर्ती हमर देश.. उहिनसे सुन्दर अपन थारु भाषा और भेष' अर्थात् 'सुन्दरभन्दा पनि सुन्दर, सुन्दर माटो हाम्रो राष्ट्र.. त्योभन्दा पनि सुन्दर आफ्नै थारु भाषा र भेष', थारू भाषाको यो राष्ट्रिय गीतले तराईका विभिन्न क्षेत्रमा फैलिएर रहेका थारू समुदायलाई एकजुट हुन अनुरोध गरिएको छ।

शब्द चयनको हिसाबमा पूर्वपश्चिम तराईका थारू भाषामा विविधता भए पनि साहित्‍यकार घुरून चौधरीले यस गीतको शब्द चयन गरेका छन्। संगीत भने विकास चौधरीले दिएका छन्। यस गीतमा नेपालभरि फैलिएका थारू समुदायका ६ थरि भाषा प्रयोग गरिएको छ। विभिन्न थरिका भाषा भए पनि गीतमा प्रयोग हुने शब्द सहज हुने यस क्षेत्रका कलाकारको भनाई रहेको छ।

नयाँ मुलुकका पुराना बासिन्दा थारु


शिशिरको बिदाबारी अनि ऋतुराज वसन्तको आगमनसँगै गर्मीयामले उपस्थिति जनाइसकेको चैतको एउटा दिन थियो। पूर्व मनसुनले ल्याएको असिनावर्षाले चढ्दो गर्मीलाई केही मत्थर पारेको थियो। समयमै बुटवल पुगेर धनगढीको बस समात्नु थियो। घरबाट निस्कदा बसन्तको मधुर समीरसँगै उषाले आफ्नो गुलाबी आँचल फहराउदै स्वागत गरिसकेको थियो। अलिक पर पुगेपछि रिमघाको लेकबाट सूर्यले चियायो। तानसेनबुटवलको बस चढ्दा बिहानको सात बजिसकेको थियो। यात्रामा नानु श्रद्धा र पंक्तिकार थियौं।

Thursday, August 9, 2012

अर्को विहे गर्ने तयारी गर्दै सोनु थारु


अभिनेत्री सोनु थारु
दाङको देउखुरीमा जन्मिएर विगत एक दसकदेखि थारु फिल्ममा सक्रिय छिन् अभिनेत्री सोनु थारु। दर्जन बढी म्युजिक भिडियो र दर्जन थारु फिल्म खेलिसकेकी २८ वर्षीया थारुले यहाँसम्म आइपुग्न धेरै संघर्ष गर्नुपरेको बताए। उनैसँगको कुराकानी पढ्नुस् :  
थारु फिल्ममा लाग्नुभएको कति भयो?
२०५९ सालदेखि पूर्णरुपमा सक्रिय छु।
तपाईँको पहिलो फिल्म कुन हो?
सोनु प्रोडक्सनको 'दरार'
अहिलेसम्म कतिवटा फिल्म खेलिसक्नुभयो?
दर्जन जति पुग्यो होला।
थारु फिल्मको स्कोप कतिको छ?
धेरै नै भन्नुपर्छ। भारतकै कुरा गर्ने हो भने नेपालका तराईँ क्षेत्रसँग मिल्ने भाषा 'भोजपुरी' निकै हिट छ। विहारमा बन्ने यस फिल्ममा बलिउडका हस्तीहरुले पनि लगानी गरेको पाइन्छ। थारु फिल्म क्षेत्रमा पनि ठूला लगानीकर्ता आउन जरुरी देखेको छु।