Sunday, September 30, 2012

स्वर्णिम प्रतिभा पुरस्कार पूर्व कम्लहरीलाई (भिडियोसहित)

सुजनी चौधरी
कमला चौधरी, बुटवल- बुटवल हेफर इन्टरनेसनल नेपालले स्थापना गरेको ७० हजार रुपैयाको क्षेत्रीय स्वर्णिम प्रतिभा पुरस्कार रुपन्देही पर्रोहा- उचडिहवा निवासी सुजनी चौधरीले प्राप्त गरेकी छन्। सानो आय आर्जनको कामबाट सफल जीवनयापन गरेको भन्दै चौधरी पश्चिमाञ्चल क्षेत्रमा छनौट भएको हेफरले जनाएको छ। संस्थाको न्यूनतम सहयोगबाट आफ्नो परिवारको आर्थिक उन्नति तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएको भन्दै उचडिहवा स्वावलम्न समूह बोलबाम सामुदायिक ग्रामिण स्वावलम्न परियोजनाकी सुजनी चौधरीलाई नगद ७० हजारसहित प्रशंसा पत्रले सम्मान गरिएको हो

२०२३ सालमा रुपन्देहीको मोतिपुर गाविसमा जन्मेकी सुजनी चौधरीको अवस्था अत्यन्तै गरिबीबीच गुज्रियो। उनले सानै उमेरमा जमिन्दारको घरमा काम गर्नु परेकाले लेख्‍ने-पढ्ने मौका पाइनन्।

Friday, September 28, 2012

'जनजाति महासंघ संविधान सभा पुनःस्थापनाको पक्षमा'


जनजाति महासंघका महासचिव आङ्काजी शेर्पा।
रुपन्देही- नेपाल आदिवासी जनजाति महासंघका महासचिव ङ्काजी शेर्पाले जाती पहिचान ग्यारेन्टी र्नेरी संविधान सभा पुनःस्थापना गर्नुपर्ने बताएका छन्। शीर्ष दलहरु निर्वाचनको बाहना गरेर मुलुकमा समस्या निम्त्याउने षड्यन्त्रमा लागेको बताउँदै मुलुकको निकासका लागि अहिलेको उत्तम विकल्प संविधान सभा पुनःस्थापना भएको को जिकिर नेपाल आदिवासी जनजाजि पत्रकार संघ (अनिज) रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव शेर्पाले संविधान सभाको पूर्व सर्तसहित छोटो समयका लागि पुनःस्थापना गरिनुपर्ने स्पष्ट पारे

Thursday, September 27, 2012

काठमाडौंमै खस्यो विमान, १९ जनाको मृत्यु

मनोहरा खोला नजिकै विमानमा लागेको आगो।
लुक्ला जाँदै गरेको सीता एयरको डोर्नियर विमान त्रिभुवन विमानस्थल नजिकै मनोहरा खोला किनार दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ। बिहान ६१५ बजे लुक्लाका लागि उडेको विमानमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा आपतकालीन अवतरण गर्न फर्कँदै गर्दा ६ बजेर १९ मिनेटमा दुर्घटना भएको हो। मनोहरा खोला किनार सुकुम्बासी बस्ती नजिकैको खाली ठाउँमा विमान सकुशल अवतरण गरे पनि विमानभित्र लागेको आगोका कारण सबै १६ यात्रु र चालक दलका तीन सदस्यको मृत्यु भएको हो। शव जलेका कारण क्षत विक्षत रुपमा रहेकोले चिन्न सकिने अवस्थामा छैन। 

Wednesday, September 26, 2012

संकटमा थारु फिल्म


मदन चौधरी२०५० को बेला थियो, फाटफुट बनेका थारु फिल्मले पनि राम्रो व्यापार गर्थ्यो। राम्रो व्यापार गरेकैले तराईका विभिन्न सिनेमा हलले थारु फिल्मलाई पहिलो रोजाइमा राख्थे। थारु भाषाकै फिल्मबाट करियर सुरु गरेका अभिनेता बिराज भट्ट नेपाली हुँदै हालः भोजपुरी फिल्ममा जमिरहेका छन्। तर थारु फिल्म भने जहीँको त्यहीँ छ। संख्यात्मक हिसाबले अहिले धेरै फिल्म निर्माण भइरहेका छन्। तैपनि कुनैले राम्रो ब्यापार गर्न नसकेको निर्माताहरु स्वयं स्विकार्छन्।

Monday, September 24, 2012

संविधान सभा निर्वाचनबारे थारु नेता के भन्छन् ?


केन्द्रमा संविधान सभा निर्वाचन गर्न मुख्य दलहरु सहमत भइरहँदा थारु नेता भन्छन्। एमाओवादीका दाङ जिल्ला इन्चार्ज इन्द्रजीत थारु र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च कैलालीका दिनेश थारुसँगको कुराकानी पढ्नुस् :

'साँच्चै मुक्ति त सीपले दिँदोरहेछ'


पूर्व कम्लरी रिना चौधरी।
उपेन्द्र लामिछाने, दाङ- चौलाही७ सेमरहवाकी सरिता चौधरीलाई सानैदेखि पढ्ने रहन थियो। जमिनदारकहाँ कम्लहरी बस्नुपर्दा उनको चाहना पूरा हुन पाएन । सरकारले २०५७ मा कम्लहरीबाट मुक्त गरे पनि उनले पढ्न पाएकी थिइनन्।

१२ वर्षपछि बल्ल ३२ वर्षीया चौधरीले लेखपढ गर्नमात्र होइन, व्यावसायिक सीप लिएर आर्यआर्जनसमेत गर्न थालेकी छन्। गाउँमा सञ्चालित अनौपचारिक व्यावसायिक  शिक्षा लिएपछि भने उनले जीवनमा उज्यालो छाएको महसुस गरिन्। 'साँच्चिकै मुक्ति त सीप र पढाइले गराउँदोरहेछ,' सरिता भन्छिन्, '१२ वर्षअघि नै सरकारले जमिनदारको घरबाट छुटाए पनि पढ्न पाएको थिइनँ, बल्ल अहिले नयाँ जीवन मिलेको  छ।'

Sunday, September 23, 2012

पश्‍चिम तराईमा अटवारी पर्व


बुटवल- थारुहरुको महान चाड बड्की अटवारी धुमधामका साथ मनाइएको छ। हरितालिका तीजपछिको पहिलो आइतबारलाई तराईका थारु समुदायले विषेश पर्वका रुपमा मान्ने गर्छन्। यसैक्रममा कपिलबस्तुको गजेडाहास्थित सिद्धार्थ निम्न माविमा विषेश कार्यक्रम सम्पन्न गरिएको छ। चामुप्रसाद थारुको अध्यक्षता र नगेन्द्र रौताको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कविता चौधरी, मीना थारु, महादेव थारु, कृष्णदेव चौधरी, ऋषीराम थारु, श्रीनिवास थारुलगायतले मन्तव्य दिएका थिए।

Tuesday, September 4, 2012

पूर्वमन्त्री चौधरीको स्वास्थ्य स्थिति गम्भीर

काठमाडौं- विघटित राजपरिषद्का सभापति तथा पूर्वमन्त्री परशुनारायण चौधरीको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएको छ। रक्तचापमा कमी, अल्काइ (पायल्स) लगायतका समस्याले पीडित चौधरीको स्वास्थ्य गम्भीर बन्दै गएको उकी श्रीमती मूना चौधरीले बताए। चौधरीको स्वास्थ्यमा एकाएक समस्या आएपछि उलाई गत आइतबारदेखि पाटन अस्पतालमा भर्ना गराई उपचार सुरु गरिएको छ। नेपाली कांग्रेसमा समेत रहेर लामो समय राजनीति गरेका चौधरीले पटकपटक मन्त्री र पछिल्लोपटक तत्कालीन राजपरिषद्को सभापतिको समेत जिम्मेवारी बहन गरेका थिए। 

Sunday, September 2, 2012

पहिचानको खोजीमा सोनु

सोनु थारु

थारु भाषा चलिचत्रकी नायिका तथा निर्मात्री सोनु थारुको अहिले दिनचर्या बदलिएको छ। कुनै समय अभिनय  र चलचित्र निर्माणमा व्यस्त रहेकी सोनु हिजोआज राजनीतिक कार्यक्रममा व्यस्त हुन थालेकी छन्। थरुहट तराई पार्टीको सांस्कृतिक प्रमुख भएपछि उनको दिनचर्या बदलिएको हो। जातीय पहिचानलाई आफ्नो राजनीतिक एजेन्डा बनाएकी सोनु अभिनेत्रीमात्रै होइन, अहिले नेत्री बन्ने दाउमा छिन्। अहिले थरुहट आन्दोलनमा होमिएकी उनी भन्छिन्, ‘आफ्नो पहिचानका लागि राजनीतिमा लगेकी हुँ। हरेक क्षेत्रमा राजनीतिक रङ हुन्छ। चलचित्र क्षेत्रमा पनि राजनीतिक विचार हुनुपर्छ।

नायिका तथा निर्मात्री सोनुले हालसम्म दरार’, ‘डगर’, ‘यी कैसन नाता गरी तीनवटा थारुभाषी चलचित्र निर्माण तथा दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेकी छन्। चलचित्रकर्मसँगै सक्रिय राजनीतिमा लागेकी सोनु भन्छिन्, ‘अहिले कलाकारिताभन्दा पनि राजनीति गर्नु ठीक लाग्यो। सबैले पहिचान खोजिरहेको अवस्थामा मैले पनि थरुहट तराई पार्टीमा लागेर राजनीति गर्न सुरु गरेकी हुँ।

कमैया बाबुको नाक राख्‍ने वीरबहादुर (भिडियोसहित)

कार्यक्रममा उपस्थित अतिथिहरु।

म निरासावादी हैनआशावादी हुँ
मदन चौधरी, काठमाडौंउपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले अबको दस वर्षमा नेपाली राजनीतिलाई ट्र्याकमा ल्याउने दाबी गरेका छन्। उनले आफू निरासावादी नभई आशावादी भएकाले अबको दस वर्षभित्र जसरी पनि नेपाली राजनीतिलाई ट्र्याकमा ल्याइछाड्ने ठोकुवा गरे।

थारु विद्यार्थी समाज, केन्द्रीय समितिले आफ्नो १८औं स्थापना दिवसको अवसरमा ललितपुरको धोविघाटमा आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री गच्छदारले कुर्सीकै कारण यो देशको स्थिति दयनीय बनेको बताए। कुर्सीकै कारण यो देशको अवस्था नाजुक बनेको छ,' उनले भने, ‘तर म आशावादी छु, अबको दस वर्षमा नेपाली राजनीतिको धार परिवर्तन गर्नेछु।'

Saturday, September 1, 2012

मोबाइल बठिन्या


[ नोट : थारु समुदायका भाषा सामान छैनन्। पूर्वी तथा पश्चिम तराईको थारु भाषामा धेरै भिन्नता छन्। आज हामीले पश्चिम तराईमा बोलिने थारु भाषाको कथा प्रस्तु गर्दैछौं। पूर्वेली लवजको कथा प्राप्त भए आगामी दिनमा प्रस्तुत गर्ने नै छौं ]


देवराज चौधरी- - हेल्लो ! हेल्लो !! - हजुर चिन्हली ? - हाँ, हाँ राम राम !
अस्टे प्रसंगसे बात सुरु हुइल। हालचाल, घरव्यवहार, अध्ययन, भइवा, बहिन्या, पारिवारिक जीवनके बारेमे ढीरे ढीरे मोबाइलमे बात हुई लागल। सायद पहिलेँहिँसे परिचित हुइल रहिट ऊ, जरुल डेख्ले फेन रहल हुँइही, टब्बे टे बरे घचिक हाँस-हाँस बोलट डेख्जाए।