Sunday, September 23, 2012

पश्‍चिम तराईमा अटवारी पर्व


बुटवल- थारुहरुको महान चाड बड्की अटवारी धुमधामका साथ मनाइएको छ। हरितालिका तीजपछिको पहिलो आइतबारलाई तराईका थारु समुदायले विषेश पर्वका रुपमा मान्ने गर्छन्। यसैक्रममा कपिलबस्तुको गजेडाहास्थित सिद्धार्थ निम्न माविमा विषेश कार्यक्रम सम्पन्न गरिएको छ। चामुप्रसाद थारुको अध्यक्षता र नगेन्द्र रौताको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कविता चौधरी, मीना थारु, महादेव थारु, कृष्णदेव चौधरी, ऋषीराम थारु, श्रीनिवास थारुलगायतले मन्तव्य दिएका थिए।
कार्यक्रममा बोल्ने बक्ताहरुले यो पर्वको लिखित इतिहास नभएका कारण लोप हुने अवस्थामा पुगेको उल्लेख गर्दै पर्वको संरक्षण र सम्बर्द्धनका लागि युवा जमात सचेत हुनुपर्ने धारणा राखेका थिए। उनीहरुले सो पर्वमा राष्ट्रिय विदाको व्यवस्था पनि हुनु पर्ने माग गरेका थिए। जिल्लाका अन्य स्थानमा पनि यो पर्व धुमधामका साथ विभिन्न कार्यक्रम गरी मनाइएको छ।

No comments:

Post a Comment