Sunday, September 2, 2012

कमैया बाबुको नाक राख्‍ने वीरबहादुर (भिडियोसहित)

कार्यक्रममा उपस्थित अतिथिहरु।

म निरासावादी हैनआशावादी हुँ
मदन चौधरी, काठमाडौंउपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले अबको दस वर्षमा नेपाली राजनीतिलाई ट्र्याकमा ल्याउने दाबी गरेका छन्। उनले आफू निरासावादी नभई आशावादी भएकाले अबको दस वर्षभित्र जसरी पनि नेपाली राजनीतिलाई ट्र्याकमा ल्याइछाड्ने ठोकुवा गरे।

थारु विद्यार्थी समाज, केन्द्रीय समितिले आफ्नो १८औं स्थापना दिवसको अवसरमा ललितपुरको धोविघाटमा आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री गच्छदारले कुर्सीकै कारण यो देशको स्थिति दयनीय बनेको बताए। कुर्सीकै कारण यो देशको अवस्था नाजुक बनेको छ,' उनले भने, ‘तर म आशावादी छु, अबको दस वर्षमा नेपाली राजनीतिको धार परिवर्तन गर्नेछु।'

उपस्थित विद्यार्थी तथा अभिभावक।
एसएलसी परीक्षामा विशिष्ट श्रेणीमा पास भएका थारु विद्यार्थीमध्ये एकले मात्र राजनीतिमा लाग्छु भनेको टिप्पणी दोहोर्‍याउँदै उनले नेपाली राजनीतिलाई घृणाको दृष्टिकोणले हेरेकाले विद्यार्थीमाझ नाकारात्मक असर पुगेको स्पष्ट पारे। राजनीतिमा विद्यार्थीको सहभागिता हुनु आवश्यक छ,' गृहमन्त्री गच्छदारले प्रश्न गर्दै भने, ‘आजका विद्यार्थीले नै देशबारे नसोचे कसले सोच्ने?'

उनले देश अहिले संसारकै विकसित हुनुपेर्नमा दनिप्रति दिन गरिब बन्दै गकोमा दुखेसो पोखे। उनले संविधान सभा नबन्नुमा आफ्नो पनि कमजोरी भएको बताउँदै चाँडै नै सहमति गरेर संविधान निर्माणका काम पूरा गर्ने प्रतिबद्धता जाहेर गरे। संविधान बिना देश चल्दैन,' उनले भने, ‘त्यसैले चाँडै सहमति गएर हामी संविधान निर्माण पूरा गर्नेछौं।'

गृहमन्त्री गच्छदारले विशिष्ट श्रेणीमा सफल भएका थारु समुदायका विद्यार्थीलाई अझ राम्रो नतिजा ल्याउन आग्रह गरे। उनले देशका कर्णधारहरु तिमीहरु नै भएको बताउँदै प्लस टु मा पनि राम्रो नतिजा ल्याउन शुभकामना दिए।
बाँयाबाट क्रमशः दिवाकर चौधरी, ९१.५%, प्रियंका चौधरी ९०%, रबिना चौधरी ८६.७% र वीरबहादुर चौधरी ८९%। रबिना र वीरबहादुर सरकारी स्कुलबाट विशिष्ट श्रेणी ल्याएका हुन्।
अंग्रेजीमा भाषण दिएकी प्रियंका चौधरीप्रति आफू प्रभावित भएको बताउँदै गृहमन्त्री गच्छदारले उनको डाक्टर बन्ने सफना पूरा हुने कामना गरे। प्रियंका नानीको भाषणले म प्रभावित भएँ,’ उनले भने, ‘तिमी अवश्‍य डाक्टर बन्नू, मेडिकल डाक्टर नभए पीएचडी डाक्टर बन्नू। गच्छदारले प्रियंका चौधरीलाई प्रियंका चोपडासँग दाँज्दै उनमा नेता बन्ने गुण रहेको खुलाए। प्रियंकाले चाहे भविष्यमा आफूले नेता बनाइदिने दाबीसमेत उनले गरे।

त्यस्तै सम्मानित अन्य विद्यार्थीलाई पनि गृहमन्त्री गचेछदारले भविष्य उज्जवलको कामना गरे।

'थारु पहिचान मेटाउन खोजिँदैछ'
थरुहट तराई पार्टी नेपालका अध्यक्ष लक्ष्मण थारु।
थरुहट तराई पार्टी नेपालका अध्यक्ष लक्ष्मण थारुले अतिवादीहरुको गुटले थारु पहिचानलाई समाप्त पार्ने तयारी गरिरहेको आरोप लगाएका छन्। उनले त्यस्ता गुटलाई चुनौती दिँदै समाप्त पारिछाड्ने प्रतिबद्धता गरे। अतिवादीहरुको गुटले हाम्रो पहिचानलाई समाप्त पार्न खोज्दैछ,' उनले भने, ‘त्यस्ता गुटहरुलाई अरु कोही नभई सत्तासीन दलहरुले नै टेवा दिइरहेको छ।'

पहिचान मेटाउनेविरुद्ध कडा प्रतिवाद गर्न बताउँदै अध्यक्ष थारुले ठेकेदार प्रचण्डको कुरामा नलाग्न नेताहरुलाई आग्रह गरे। प्रचण्डले संघीयता पक्षधरलाई जुधाउने प्रयत्न गरेको उनको आरोप छ। प्रचण्डको कुरा नपत्याउनुस्,' अध्यक्ष थारुले भने, ‘किनकि तिनले संघीयता हैन, एकअर्कालाई जुधाउन उद्यत छन्।'

उनले उपप्रधान तथा गृहमन्त्री गच्छदारलाई सच्चा संघीयतावादीको मोर्चा बनाउन आग्रह गरे। गृहमन्त्रीज्यू तपाईँ पनि थारुको नेता भएकाले एउटा सच्चा संघीयतावादी मोर्चा गठन गर्नुस्,' उनले भने, ‘जसले हाम्रा पहिचानमाथि धाबा लाउनेविरुद्ध कडा प्रतिका गर्न सकोस्।'

उनले संघीयता पक्षधरहरु एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

'थारु समुदायको इज्जत राख्‍नु'
नाइटिङ्गेल स्कुलका प्रिन्सिपल तेजुलाल चौधरी।
नाइटिङ्गेल स्कुलका प्रिन्सिपल तेजुलाल चौधरीले सम्मानित थारु विद्यार्थीहरुलाई एसएलसीमा राम्रो नतिजा ल्याएजस्तै क्याम्पसमा पनि बहादुरी देखाउन आग्रह गरे। उनले प्लस टु मा राम्रो अंक ल्याउन सकेमात्र डाक्टर, इन्जिनियर र पाइलट बन्ने ढोका खुल्ने बताए। एसएलसीमा जस्तै प्लुस टु मा पनि राम्रो अंक ल्याउनू,’ प्रिन्सिपल चौधरीले भने, ‘तबमात्र तपाईँहरुको डाक्टर, इन्जिनियर र पाइलट बन्ने सपना पूरा हुनेछ।

उनले विशिष्ट श्रेणी ल्याएर देशकै टप विद्यार्थी बन्न सबैमा आग्रह गरे। यसलेमात्र थारु समुदायको इज्जत बढ्ने उनको तर्क थियो। देशको टप विद्यार्थी बने नाइटिङ्गेल स्कुलको तर्फबाट आफूले सक्दो सहयोग गर्ने वाचासमेत उनले गरे।

प्रिन्सिपल चौधरीले शिक्षाले मात्र थारु समुदायलाई परिवर्तन गर्ने स्पष्ट पारे। त्यसको उदाहरण आफू स्वयंलाई बताउँदै उनले आफू नपढेको भए देशकै राम्रो स्कुलमध्येको एक नाइटिङ्गेल स्कुल सञ्चालनमा ल्याउन नसक्ने बताए। शिक्षाले नै मानिसलाई ठूलो बनाँछ,’ उनले भने, ‘शिक्षित नभएको भए आज देशकै राम्रो स्कुल चलाएर बस्ने थिइनँ।

उनले अभिभावकलाई समेत आफ्ना छोराछोरीलाई स्कुल/कलेज जान्छ. जाँदैन भन्ने कुराको ख्याल गर्न आग्रह गरे। उनले सकेसम्म प्लस टु पढ्ने छोराछोरीलाई बाइक वा मोबाइल नकिनिदिन अनुरोध गरे। त्यसको सट्टामा कुनै किताब किनिदिन उनले आग्रह गरे।

उपप्रधान तथा गृहमन्त्रीलाई प्रिन्सिपल चौधरीले आफ्नो कार्यकालमा थारु समुदायका लागि केही न केही गरेर जान अनुरोध गरे।

'कमैया बाबुको नाक राख्‍ने वीरबहादुर'
वीरबहादुर चौधरी
कमैयाका छोराले पनि एसएलसीमा विशिष्ट श्रेणी ल्यायो भन्दा अचम्ममा नपर्नुस्। कैलाली मजगाउँका वीरबहादुर चौधरीले ८९ प्रतिशत ल्याइ एसएलसी उत्तीर्ण गरेका छन्। गृहमन्त्री गच्छदारको हातबाट सम्मान थाप्दै उनले आफू धेरै मेहनत गरेकाले यो नतिजा हासिल गरेको बताए। स्थानीय सरकारी स्कुल श्री समैजी माविबाट उनले एसएलसी दिएका हुन्। आफ्ना बाबु अझै पनि कमैया बसिरहेको र आफूलाई पढाउन धेरै मेहनत गरेको उनले बताए।

उनले विगत कोट्याउँदै आफूलाई ट्युसन पढ‍्ने इच्छा लागेपनि रकम अभावले पढन नपाएको दुखेसो पोखे। सँगै पढ्ने विद्यार्थीहरु ट्युसन जान्थे,’ उनी सम्झिँदै भने, ‘तर आफूलाई मन लागे पनि रकम अभावले पढाइलाई स्कुल र घरमै केन्द्रीत गरेँ।

विशिष्ट श्रेणीमा पास भए पनि छात्रवृत्तिका कार्यक्रम सबै राजधानी केन्द्रीत भएकाले आफू मारमा परेको उनले बताए। उनले नेताहरुलाई सूदुरपश्चिममा पनि छात्रवृत्तिका कार्यक्रम सञ्चालनमा ल्याउन आग्रह गरे। राजधानीमा छात्रवृत्ति नपाएको हैन,’ वीरबहादुरले भने, ‘पढाई खर्च निशुल्क गरेपनि होस्टल र खाना आफैंले व्यहोर्नुपर्दा मैले राजधानीलाई आफ्नो केन्द्र बनाइन।

उनी हालः कैलालीकै एक प्लस टु क्यम्पसमा अध्ययणरत छन्। विज्ञान विषय पढिरहेका उनको डाक्टर बन्ने लक्षय छ। थारु विद्यार्थी समाजकै कार्यक्रममा नाइटिङ्गेल स्कुलका प्रिन्सिपल तेजुलाल चौधरीले उनलाई पाँच हजार रुपियाँ सहयोग गरेका थिए।
कार्यक्रममा देशभरिका ४८ विद्यार्थीलाई गृहमन्त्री गच्छदारले प्रमानपत्रसहित सम्मान गरेको थियो। 
नृत्यका लागि तयार डान्सर।

कार्यक्रमको शुभारम्भ गर्दै उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार।

चिनौ थारु सहिदलाई।
सम्मान थाप्दै विद्यार्थीहरु





भिडियो हेर्नुस् :


1 comment:

  1. bastbama ramro6 yo blog..I like mostly.
    Sahadev chaudhary
    www.hamrkaura.com
    news editor

    ReplyDelete