Monday, September 24, 2012

संविधान सभा निर्वाचनबारे थारु नेता के भन्छन् ?


केन्द्रमा संविधान सभा निर्वाचन गर्न मुख्य दलहरु सहमत भइरहँदा थारु नेता भन्छन्। एमाओवादीका दाङ जिल्ला इन्चार्ज इन्द्रजीत थारु र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च कैलालीका दिनेश थारुसँगको कुराकानी पढ्नुस् :

विवादित मुद्दा टुंग्याएर मात्र चुनाव    
अन्योल अन्त्य गर्न केही न केही गर्नैपर्ने भएको छ । त्यसमध्येको एक विकल्प संविधानसभाको चुनाव पनि हो । हालसम्म संविधानसभाले तयार पारिसकेको ८० प्रतिशत कामलाई यथावत् अघि बढाएर बाँकी २० प्रतिशत कामका लागि मात्र संविधानसभाको निर्वाचन गर्नुपर्छ । चुनावअघि संविधानका मुख्यमुख्य बुँदामा सहमति गरिसक्नुपर्छ । त्यसलाई कानुनी रूप दिन मात्र चुनाव गर्नुपर्छ । यही अन्योल र विवादित अवस्थामा चुनाव गरेमा फेरि पनि असहमति र अन्योलकै अवस्था हुन्छ । निकास निस्कन सक्दैन । संविधानसभाको समयावधि पनि २० प्रतिशत कामका आधारमा तय गर्नुपर्छ । त्यसपछि नयाँ कानुनअनुसार फेरि संसदीय चुनावमा जानुपर्छ । संविधानसभालाई व्यवस्थापिकाका रूपमा विकास गर्नु हुँदैन । संविधानका मूलभूत कुरामा सहमति भएमा संविधानसभा पुनःस्थापना गरे पनि हुन्छ, चुनावमा जानैपर्छ भन्ने छैन । मूलभूत कुरामा सहमति नगरी हुने चुनावको पनि औचित्य नहुने भएकाले चुनावभन्दा पहिले सहमति गर्ने कुरामा ध्यान दिनुपर्छ ।
ईन्द्रजित थारु ,एमाओवादी जिल्ला ईञ्चार्ज दाङ

उही विचारउही संरचना 
नयाँ आम चुनावबाट पनि उही मान्छे, उही विचार र उही संरचनाभित्र रमाउने परिवर्तन नचाहनेहरूको बोलवाला हुन सक्ने भएकाले नयाँ चुनावबाट पनि देशले निकास पाउँछ भन्ने कुनै ग्यारेन्टी छैन । फेरि संविधानसभा चुनाव गराउनु राज्यको ढुकुटी रित्याउनु मात्र हो ।  विगतको संविधानसभामा करिब ९० प्रतिशत संविधान लेखिसकेको अवस्था भएकाले त्यसलाई रद्दीको टोकरीमा फाल्नभन्दा सहमति हुन बाँकी विषयमा सहमति गरेर केही दिन संविधानसभा ब्युँताएर संविधान जारी गर्नु राम्रो हुनेछ । राजनीतिक दलका ४ जना नेता बसेर जे गरे नि हुन्छ भन्ने सोच राख्नु दलको दादागिरीबाहेक केही होइन ।
-दिनेश थारु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च कैलाली
(कान्तिरपुर दैनिकमा प्रकाशित)

No comments:

Post a Comment